नारायण क्याम्पसमा अनेरास्ववियु विजयी

नारायण क्याम्पसमा अनेरास्ववियु विजयी

Rekha thapa
Rekha thapa

दैलेख, फागुन १९ । दैलेखको नारायण क्याम्पसमा बुधबार सम्पन्न स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियु र जनमोर्चा निकट अखिल छैटौंको सँयुक्त प्यानल विजयी भएको छ । अनेरास्ववियुकी रेखा थापा सभापतिमा विजयी भएकी छन् । काँग्रेस निकट नेविसंघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र अनेरास्ववियुबीच दुई प्यानलमा निर्वाचन भएको थियो ।
विजयी थापाले नेविसंघका मौसम थापालाई पराजित गरेकी हुन् । रेखाले ९६ मत पाएको अनेरास्ववियु सचिवालय सदस्य कल्पना थापाले जानकारी दिइन् । पराजित मौसमले ६८ मत पाएका थिए । यस्तै सचिबमा अखिल छैटौंका प्रकाश शर्मा विजयी भएका छन् । शर्माले ११४ मत पाएका थिए भने उनका विपक्षी उपेन्द्र विस्टले ४८ मत पाएका थिए । कोषाध्यक्षमा नेविसंघका सूर्य गुरुंग विजयी भएका छन् । उनले अनेरास्ववियुकी निरु खनाललाई २ मतले पछि पार्दै जित हात पारेका हुन् । गुरुंगले ८० मत पाएका थिए भने खनालले ७८ मत पाएकी थिइन् । सदस्यहरुमा भने अनेरास्ववियु र अखिल छैटौंका दिनेश थापा, भावना शाही र विकास शाही विजयी भएका छन् ।
नवनिर्वाचित सभापति रेखा थापाले क्याम्पसमा नियमित पढाई र छात्रावासका विषयमा स्ववियुले पहल गर्ने बताइन् । उनले नारायण क्याम्पसमा स्नातकोत्तर तहको पढाई हुनुपर्ने समेत बताइन् ।
दैलेखका ५ वटा क्याम्पस मध्ये २ वटा क्याम्पसमा भने निर्वाचन हुन सकेको छैन । दोर्णाचल क्याम्पस दुल्लुमा पनि अनेरास्ववियुको प्यानलै विजयी भएको अपुस्ट खवर प्राप्त भएको छ । चामुण्डा र तिलेपाटामा चुनाव भएन भने अवलपराजुलमा नेविसंघको प्यानल निर्विरोध निर्वाचित भएको थियो ।

प्रतिक्रिया