कलेज अफ ईन्जिनियरिङ्ग एण्ड म्यानेजम्यान्ट कलेज नेपालगन्जमा ताला बन्दि

कलेज अफ ईन्जिनियरिङ्ग एण्ड म्यानेजम्यान्ट कलेज नेपालगन्जमा ताला बन्दि

17101682_1829266007321671_474079466_n

नेपालगन्ज

दक्ष तथा योग्य शिक्षकद्वारा पठाइ हुनु पर्ने माग राख्दै कलेज अफ इन्जिनियरिङ्गका बिद्यार्थीहरुले आज देखि कलेजमा ताला लगाएका हुन् । पढाइमा असन्तुष्ट विद्यार्थीहरुले माग पुरा नभए सम्म अनिश्चित काल ताला लगाउने चेतावनी समेत दिएका हुन । नेविसंघ इकाई कमिटि सभापति ज्ञानेन्द्र प्रसाद जोशी र अनेरास्वयू अध्यक्ष तिलक चलाउनेको उपस्थितिमा र कलेज अफ ईन्जिनियरिङ्ग एण्ड म्यानेजम्यान्ट कलेज नेपालगन्जका विद्यार्थीहरुले ताला लगाएका हुन् । परीक्षा सकिएको २ महिना बिति सक्दा पनि नियमित पाढाई संचालन हुन नसकेको र विद्यार्थीहरुले नियमितरुपमा पठाई संचालन नभएको भन्दै कलेजमा ताला लगाएका हुन । बारम्बार अनुरोध गर्दा पनि सुनुवाई नभएको भन्दै कलेजमा बिरोध प्रर्दशन समेत गरेका थिए । विगतका बर्षहरुमा पनि बिद्यार्थी र कलेज प्रशासन बिच सहमति भएतापनि कुनै सुनुवाई नभएको र हाल पनि त्यो अवस्था दोहोरीएको हुँदा ताला लगाउन बाध्य भएको विद्यार्थी लगाएत बिद्यार्थी नेता तिलक चलाउनेले जानकारी दिए । साथै कुकुरको पुच्छर १२ वर्ष सम्म ढुङ्ग्रोमा राख्दा पनि जस्ताको तेस्तै भनेजस्तो बारम्बार शैक्षिक सुधारकोमाग राख्दा पनि कुनै सुनुवाई नभएको जानकारी दिए । माग पुरा नभएसम्म ताला बन्दि नहट्ने समेत जानकारी दिए ।

प्रतिक्रिया