महोत्सवको १० महिनामा आयव्यय सार्वजनिक

महोत्सवको १० महिनामा आयव्यय सार्वजनिक

दैलेख उद्योग बाणिज्य संघले औधोगिक विकासका लागि १० महिना सञ्चालन गरेको महोत्सवको आयव्यय आज सार्वजनिक गरेको छ । हिसाव सार्वजनिक गर्न आयोजित सर्वपक्षीय भेलामा संघका महासचिव नरेन्द्रबहादुर थापाले ५० हजार ८३ हजार ४ सय छत्तीस रुपैयाँ आमदानीबाट २ लाख ८८ हजार ७ सय १२ रुपैंया मुनाफा कमाएको जानकारी दिनुभयो ।
सबै भन्दा ठूलो आमदानी साढे १४ लाख भन्दा टिकट बिक्रीबाट भएको र खर्च तर्फ सबै भन्दा धेरै कलाकारहरुको पारिश्रमिकमा १४ लाख १० हजार खर्च भएको हिसाव जनाइएको छ । सिंगो खर्च हिसावले महोत्सव उद्घाटन गर्न आउनुभएका उपराष्ट्रपति नन्ददबहादुर पुनको हेलिकप्टर भाडा ४ लाख तिरिएको देखिएको छ ।
बरिष्ठ उपाध्यक्ष गणेशबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीहरुका तर्फबाट नेकपा एमालेका जिल्ला उपाध्यक्ष प्रेमबहादुर थापाले खर्च मीतव्ययी नएको टिप्पणी गर्नुभयो । छलफलमा सहभागीहरुले महोत्सवको १० महिना ढिला आयव्यय प्रस्तूत गरिएका भन्दै असन्तुष्टी व्यक्त गरेका थिए ।

प्रतिक्रिया