बाल समूहद्वारा हाजिरीजवाफ प्रतियोगिता

बाल समूहद्वारा हाजिरीजवाफ प्रतियोगिता

दैलेख, फागुन २० – दैलेखको भूर्तीस्थित रेडक्रस मावि भूर्तीको बालअधिकार चेतना समूहले आज हाजिरी जवाफ प्रतियोगिता गरेको छ । प्रतियोगितामा विपना शर्माको समूह प्रथम, चन्द्रा रेग्मीको समूह द्वितीय र विपना रेग्मीको समूहले तृतीय पुरस्कार प्राप्त गरेको छ ।
CC Bhurtiप्रतियोगितामा सहभागी सपना सिंह र लोकेन्द्र न्यौपानेको समूहलाई सान्त्वना पुरस्कार दिइएको थियो । उक्त प्रतियोगिताको पुरस्कार इन्सेकको इएलपी कार्यक्रमले व्यहोरेको विद्यालयका प्रधानाध्यापक हिरामनी न्यौपानेले बताए । बालअधिकार चेतना समूहकी अध्यक्ष उषा शर्माको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया