दैलेख जिल्लालाई ३४ साक्षर, आधारभुत शिक्षा प्रदायक, विद्यालय शान्ति क्षे्त्र धोषण कार्यान्वयन जिल्ला धोषणा

दैलेख जिल्लालाई ३४ साक्षर, आधारभुत शिक्षा प्रदायक, विद्यालय शान्ति क्षे्त्र धोषण कार्यान्वयन जिल्ला धोषणा

दैलेख, फागुन २८ । दैलेख पूर्ण साक्षर तथा अनिवार्य आधारभुत शिक्षा प्रदायक जिल्ला घोषणा गरिएको छ । शनिबार दैलेख सदरमुकाम दैलेख बजारमा आयोजित विशेष कार्यक्रमका बीच जिल्ला अदालत दैलेखका न्यायधिश प्रकाशप्रसाद पण्डितले दैलेखलाई पूर्ण साक्षर जिल्ला घोषणा गरे । पूर्ण साक्षर तथा अनिवार्य आधारभुत शिक्षा प्रदायक घोषणा गरिएको दैलेख ३४ औ जिल्ला हो । साक्षरता कार्यक्रम अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्राथामिकता प्राप्त हो ।DSC08261 DSC08264 DSC08265 DSC08273 DSC08311
जिल्ला शिक्षा कार्यलय दैलेखको तथ्यांकअनुसार यस जिल्लाको साक्षरता ९५ दशमलव ६६ प्रतिशत रहेको छ । महिला ९५ दशमलव २० र पुरुष ९५ दशमलव ९८ प्रतिशत साक्षर रहेको जिशिकाको तथ्यांक छ । राष्ट्रिय जनगणना २०६८ अनुसार ८९ प्रतिशत साक्षरता थियो ।
२०७३ को शैक्षिक सत्रअनुसार आधारभुत तह (१ देखि ५ सम्म)मा ९८ दशमलव १, आधारभुत (६ देखि ८) ९८ दशमलव ९, माध्यमिक (९ देखि १०) ६० दशमलव २ र माध्यमिक तह (११ देखि १२) मा ४ दशमलव ६ प्रतिशत भर्ना दर रहेको छ । जिल्लामा सामुदायीक र संस्थागत गरी ५ सय ३० विद्यालय रहेका छन् । यी मध्ये ४ सय ३८ विद्यालय आधारभुत हुन भने बाँकी माध्यमिक तहका हुन् ।
दैलेखलाई पूर्ण साक्षर घोषणाका लागि जिल्लास्थित विभिन्न संघ संस्थाको पनि महत्वपूर्ण भुमिका रहेको जिल्ला शिक्षा कार्यलयले जनाएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित सहयात्रा परियोजनाले पनि यो अभियानमा महत्वपूर्ण भुमिका खेलेको थियो । यो अभियानमा सहयोग पुर्याएको भन्दै जिशिकाले जिल्लास्थित विभिन्न गैरसरकारी संघसंस्था, शिक्षक, विद्यालय, समाज सेवी, पत्रकारलगायतलाई सम्मान गरेको छ ।

प्रतिक्रिया