दैलेखकाे ११ स्थानीय तहमा कर्मचारी खटाइए

दैलेखकाे ११ स्थानीय तहमा कर्मचारी खटाइए

दैलेख, फागुन ३० । जिल्ला समन्वय समिति दैलेखले नयाँ संरचनाअनुसार गठन भएका स्थानीय ईकाईमा कर्मचारी खटाएको छ । समितिले सोमबार जिल्लाका ४ नगरपालिका र ७ गाउँपालिकामा कार्यकारी अधिकृत खटाएको हो ।
समितिका अनुसार नारायण नगरपालिका र दुल्लु नगरपालिकामा पुरानै कार्यकारी अधिकृतलाई यथावत राखिएको छ भने अन्य इकाईमा ज्येष्ठ सचिब मध्येबाट निमित्त कार्यकारी अधिकृतको जिम्मेवारी दिएर कर्मचारी खटाइएको छ ।Dailekh_local_federal_map
महाबु गाउँपालिकाको केन्द्र साविकको रानीवन गाविसको कार्यालय रहने गरी खेमराज जैसीलाई कार्यकारी अधिकृत तोकिएको छ । यस्तै नौमुले गाउँपालिकाको केन्द्र नौमुले गाविसको कार्यालयमा रहनेछ भने हेमन्त मल्ललाई त्यस गाउँपालिकाको कार्यकारी अधिकृत तोएिको छ । पगनाथ गाविसको कार्यालयमा कार्यलय रहने गरी भगवतीमाई गाउँपालिकाको कार्यकारी अधिकृत बलबहादुर थापालाई तोकिएको छ । उता डुंगेश्वर गाउँपालिकाको केन्द्र डाँडाँपराजुल गाविसको कार्यालयमा रहने गरी दिपप्रसाद ज्ञावलीलाई कार्यकारी अधिकृत तोकिएको छ । गुराँस गाउँपालिकाको केन्द्र बराह गाविसको कार्यालय रहने छ भने यसको कार्यकारी अधिकृत होमराज विसिलाई तोकिएको छ । यस्तै भैरवी गाउँपालिकाको कार्यालय भैरीकालिका थुम गाविसको कार्यालयमा रहने गरी भक्ती वन सनन्यासीलाईलाई कार्यकारी अधिकृत तोकिएको छ । उता चामुण्डा विन्द्रासैन नगरपालिकाको केन्द्र जम्बुकाँध गाविसको कार्यालय तथा कार्यकारी अधिकृत चेतन केसी तोकिएको छ । यस्तै आठविस नगरपालिकाका लागि घमानसिंह रावतलाई तोकिएको छ । ठाँटिकाँध गाउँपालिकाको केन्द्र लकान्द्र गाविसकाको कार्यालय र कार्यकारी अधिकृत धिरेन्द्र शाहीलाई तोकिएको स्थानीय विकास अधिकारी डिलाराम पन्थीले जानकारी दिए ।
गाउँपालिाका तथा नगरपालिकाका कार्यकारी अधिकृतले वडापालिकाका सचिबलाई आर्थिक अधिकारसहित अधिकार प्रत्योजन गर्नुपर्ने व्यवस्था गरिएको छ । चालु आर्थिक वर्षको आर्थिक हिसाब नयाँ खाताअनुसार जिविसको जिल्ला समन्वय समितिले र गाविसको गाउँपालिका वा नगरपालिकाले मार्फत वडा पालिकाबाट हुने जनाइएको छ । कार्यकारी अधिकृतले नगरसभा तथा गाउँसभाले प्रयोग गर्ने अधिकार प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया