सामूहिक बलात्कारपछि किशोरीको दुबै आँखा फुटाइयो

सामूहिक बलात्कारपछि किशोरीको दुबै आँखा फुटाइयो

Rohit
बीबीसी |उत्तर प्रदेशको राजधानी लखनउको एक गाउँमा बलात्कारको गम्भीर घटना सार्वजनिक भएको छ । बलात्कारका एक आरोपीका भाइले कथित रुपमा पीडित महिलाको दुबै आँखा फुटाइदिएको बीबीसीले बताएको छ ।

अभियुक्तका परिवारले कथित रुपमा महिलाको परिवारमाथि बलात्कारको उजुरी फिर्ता लिन दबाब दिइरहेका थिए ।

उत्तर प्रदेशका पुलिस महानिर्देशक जाविद अहमदले लखनउमा पत्रकारलाई बताए, ‘यो घटना निकै गम्भीर छ र आरोपीलाई चाँडै नै पक्राउ गरी कडा सजायँ दिइनेछ ।’
१९ वर्षीया यी किशोरीलाई घरभन्दा करिब सय मिटर टाढा शौचका लागि जाँदा बिहानै बलात्कार गरिएको स्रोतले बताएको छ ।

घर नफर्कंदा उनको परिवारले खोज्न जाँदा खेतमा निकै गम्भीर स्थितीमा उनी भेटिएको र परिवारका सदस्यले उनलाई प्राथमिक चिकित्सा केन्द्र पुर्याउँदा त्यहाँबाट उन्नावको जिल्ला अस्पतालमा रिफर गरिएको जानकारी दिए ।

उन्नावको जिल्ला अस्पतालबाट उनलाई कानपुरको सबैभन्दा ठूलो सरकारी अस्पतालमा भर्ना गरियो । स्थिती गम्भीर भएकाले उनलाई कानपुरको एक नीजि अस्पतालमा भर्ना गरियो ।
उनको उपचारमा संलग्न डाक्टरले नाम नबताउने शर्तमा उपचारपछि किशोरीको अवस्थामा सुधार आएको छ तर उनको आँखाको ज्योती सायद फिर्ता नहुने बताए ।

पुलिस क्षेत्राधिकारी अशोक सिंहले भने, ‘ पुत्तन नामका व्यक्तिले उनको साथीसँग मिलेर पीडितमाथि हमला गरेका हुन् ।’

युवतीका पिताका अनुसार अभियुक्त मुन्नाका भाइ पुत्तन र उनका तीन साथीहरुले पहिले उनकी छोरीलाई बाँसले हिर्काएको र त्यसपछि हातखुट्टा समातेर आँखामा धारिलो हतियारले आक्रमण गरे ।

उनले भने, ‘जब उनलाई हामीले भेट्यौं तब उनको दुबै आँखाबाट रगत बगिरहेको थियो । शरिरभरी चोटको निशान थियो ।’

उनका पिताका अनुसार पुत्तनले निकै तर्साएर बलात्कारको मुद्दालाई फिर्ता लिन दबाब दिइरहेका थिए ।
उनले भने, ‘म कम्तीमा पनि आठ पटक पुलिस थाना गएँ र पुलिस अधिकारीलाई मेरो परिवारलाई धम्की आइरहेको छ भन्ने बारे जानकारी दिएँ तर पुलिसले मेरो कुरा सुनेन र उनीहरुविरुद्ध केही कारवाही पनि भएन । मैले हार मानेर पुलिसलाई उजुरी दिन बन्द गरिदिएँ ।’

किशोरी उन्नावको एक कलेजमा स्नातककी छात्रा हुन् र उनका पिता एक किसान हुन् ।

किशोरीसँग भएको थियो सामूहिक बलात्कारः

पुलिसका अनुसार पीडित महिला सन् २०१५ को मे १५ तारिखमा आफ्ना गाइवस्तु चराइरहेकी थिइन् र छिमेकका दुई व्यक्ति, मुन्ना र मताईले उनको सामूहिक बलात्कार गरे ।

परिवारका सदस्यका अनुसार पुलिसले सुरुमा आनाकानी गरिरह्यो तर किशोरीको जाँचमा जब बलात्कारको पुष्टि भयो तब पुलिसले मुद्दा दर्ता गर्यो तर संदिग्ध करिब दुई महिनासम्म फरार रहे ।

पुलिसले उनलाई १० जुलाई सन् २०१५ मा पक्राउ गर्यो । त्यतिबेलादेखि दुबै अभियुक्त उन्नाव जेलमा नै छन् ।

बलात्कारपछि बच्चालाई जन्म दिइन्:

बलात्कारको शिकार भएकी किशोरीले एक बच्चालाई पनि जन्म दिए तर उनको करिब एक महिनाभित्र मृत्यु भयो ।

उन्नावको पुलिस अधिकारी नेहा पाण्डेले भनिन्, ‘किशोरीको बयान लिइसकिएको छ । उनको आँखामा गहिरो चोट लागेको छ । उनको राम्रो उपचार होस् भनी हामी भरसक कोसिस गरिरहेका छौं ।’

प्रतिक्रिया