बालबालिकालाई प्रजनन् स्वास्थ्य शिक्षा

बालबालिकालाई प्रजनन् स्वास्थ्य शिक्षा

दैलेख, चैत ११ – सरस्वती माध्यमिक विद्यालय तर्ताङ्गमा गठित बालअधिकार चेतना समूहले बालबालिकाको लागि प्रजनन् स्वास्थ्य र किशोरी शिक्षा सम्वन्धी अन्तरक्रिया गरेको छ । इन्सेको इएलपी कार्यक्रम अन्तरगत आज सो अन्तरक्रिया भएको हो ।News In INSeC
किशोरावस्थामा आउने शारीरिक परिवर्तन, प्रजनन् स्वास्थ्यको विकास क्रम, सुरक्षा र संयमता विषयमा सहभागी बालबालिकाहरुलाई अभिमुखीकरण गरिएको बालअधिकार चेतना समूहका उपाध्यक्ष हसिना थापाले बताइन् ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जीवराज तिमिल्सिनाले बालबालिकालाई स्वास्थ्य शिक्षा र यस्ता सुरक्षा तालिमले सत्मार्गमा लाग्ने अभिप्रेरित गर्ने बताए । शिक्षक लोकेन्द्र जीसी र इन्सेकका इएलपी कार्यक्रम जिल्ला सहजकर्ता अमर सुनारले कार्यक्रमको सहजीकरण गरेका थिए ।

प्रतिक्रिया