गजल वाचन प्रतियोगिता सम्पन्न

गजल वाचन प्रतियोगिता सम्पन्न

कला साहित्य उत्थान प्रतिष्ठान नेपालको चौथो वार्षिक उत्सवको अवसरमा खुला गजल वाचन प्रतियोगिता तथा रचना वाचन कार्यक्रम समपन्न भएको छ । उक्त कार्यक्रममा सहभागीले आ आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए ।
जे भएको छ महानहरुबाट भएको छ
उसको अपमान आफ्नै जहानहरुबाट भएको छ ।
जुन कुरा कहिल्यै बाहिर आएन
विचरा उनको बलात्कार आफ्नै श्रीमानबाट भएको छ ।

?
?

नारी श्रस्टा अम्बिका भटराईका यी माथिका गजलले हललाई नै स्तब्ध बनाएको थियो । प्रतियोगि र अप्रतियोगि गरी करिब १ दर्जन भन्दा बढी गजल प्रस्तुत गरिएका थिए । युवाहरुमाझ लोकप्रिय बन्दै आएको गजल विद्याले जो कोहिको मन छुने गरेको छ । पछिल्लो समयमा गजल विद्याप्रति नारी श्रष्टाहरु पनि उदाउदै गरेका छन् । मणिकुमार पौड्यालका प्रणय र श्रृंगारिक रसमा लेखिएका गजलले सहभागीलाई स्तब्ध बनाएको थियो ।

दैलेख साहित्यप्रेमी मनहरुको संगम भएको कार्यक्रमका अतिथि सुरेन्द्र अधिकारीले बताए । उनले थपे, स्यामल जस्ता साहित्यकारहरु पनि दैलेखले जन्माएको छ । अब हामीले संख्यात्मक होइन् गुणात्मक साहित्यको श्रृजना गर्नुपर्छ ।

दैलेखको कला साहित्यलाई लेख्नको हिसाबले माथि उठाउन आवश्यक छ । दैलेख चिनाउन पर्यटन् पनि महत्वपूर्ण भएको अधिकारीले बताए । कला साहित्य उत्थान प्रतिष्ठान नेपालले जिल्लाको साहित्य क्षेत्रमा नेतृत्व गर्न सफल भएको अधिकारीको भनाई थियो ।

जिल्लामा एउटा पुस्तकालयको अभाव रहेको प्रतिष्ठानका सदस्य कविराज खत्रीले बताए । साहित्यको विकास उत्थानका लागि पुस्तकालयको आवश्यकता रहन्छ । जिल्लामा पुस्ताकालयको निर्माणका लागि प्रतिष्ठानले पहल गरिरहेको खत्रीको भनाई थियो ।

तिमिलाई दक्षिणा चाहिन्छ
मलाई कामनै चाहिन्छ
म हुलाक जस्तो तिमी भन्सार जस्तो
म छदै छैन् तिम्रो नजर जस्तो
तिमी खोला जस्तो म बगर जस्तो ।
प्रतिष्ठानका अध्यक्ष कृष्णा भावुक देवकोटाले माथिका गजलहरु कार्यक्रममा प्रस्तुत गरेका थिए । मनै छुने र मन लोभ्याउने गजलले सबै सहभागीको मन छोएको थियो ।

बाल साहित्यकार सर्वज्ञा आचार्यको प्रमुख आतिथ्य तथा कृष्णा भावुक देवकोटाको अध्यक्षतामा सम्पन्न गजल प्रतियोगितामा प्रथम, दितिय र तृतियमा क्रमश लक्ष्य बहादुर विश्वकर्मा, विष्णु दर्जी र जंग बोगटी भएका थिए ।

प्रतिक्रिया