चल्दै गरेको बसबाट भूमीट गर्दा यात्रुको मृत्यू

चल्दै गरेको बसबाट भूमीट गर्दा यात्रुको मृत्यू

दैलेख, चैत १४ – चल्दै गरेको बसको झ्यालबाट बाहिर टाउको निकाली भूमीट गर्न लागेका एक यात्रुको सडकको भित्तामा ठोक्किएर हिजो साँझ मृत्यू भएको छ । मृत्यू हुनेमा दैलेखको ठाँटीकाँध गाउँपालिका ५ नं. वडाको तोलीजैसीका २१ वर्षीय निमराज बिक रहेका छन् ।
कालिकोटबाट महेन्द्रनगर तर्फ जाँदै गरेको ना ४ ख ४६६० नम्वरको बसमा सवार बिक पाल्तडा भन्दा अगाडि चामुण्डा बिन्द्रासैनी नगरपालिकाको ९ नं वडाको चिसाखोला नजिक सडकको भित्तामा ठोक्किएर ज्यान गएको प्रहरी निरीक्षक एकीन्द्र खड्काले जानकारी दिनुभयो ।
उपचारका लागि पादुकाखोला पु¥याएपछि मृत घोषणा गरिएको थियो । गाडी र चालकलाई नियन्त्रण लिइएको छ भने मृतकको लास पोष्टमार्टमका लागि दैलेख जिल्ला अस्पताल ल्याइदै गरिएको बताइएको छ ।

प्रतिक्रिया