शिक्षक संघमा कृष्ण थापा

शिक्षक संघमा कृष्ण थापा

दैलेख । शिक्षक संघ दैलेखको अध्यक्षमा कृष्ण थापा विजयी भएका छन् । बुधबार सम्पन्न संघको आठौं जिल्ला अधिवेशनबाट थापा विजयी भएका ह्न् । उनले करुणखर खनाललाई ५ मतको अन्तरले पराजित गरेको निर्वाचन समितिले जनाएको छ । थापाले ३४८ र खनालले ३४३ मत पाएका थिए । यस्तै अध्यक्षका अर्का उम्मेदवार हिरा शाहले १०३ तथा उपेन्द्र विष्टले ६८ मत पाएका थिए ।
संघको उपाध्यक्षमा भक्तबहादुर थापा, समावेसी उपाध्यक्षमा अमृता विसी, सचिबमा देवीराम आचार्य, अर्थ सचिबमा जीवराज रेग्मी, र सहसचिबमा मणिराम न्यौपाने विजयी भएका छन् । यस्तै समावेसी सहसचिबमा चक्रबहादुर गुरुंग विजयी भएका छन् । यस्तै सदस्यहरुमा धुब्रनाथ योगी, प्रकाश वली, प्रेमबहादुर खनाल र भद्रबहादुर रावत विजयी भएका छन् ।

प्रतिक्रिया