आरआरको स्ववियु चुनावविरुद्ध क्रान्तिकारीद्वारा रिट दायर

आरआरको स्ववियु चुनावविरुद्ध क्रान्तिकारीद्वारा रिट दायर

१६ चैत, काठमाडौं । तनावका बीच भएको आरआर क्याम्पसको स्ववियु निर्वाचनविरुद्ध अखिल क्रान्तिकारीले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । क्याम्पस प्रमुख, निर्वाचन अधिकृत लगायतलाई विपक्षी बनाइ दायर रिटमा स्ववियु निर्वाचन खारेज गर्न माग गरिएको छ ।

अखिल क्रान्तिकारीका महासचिव अनिल शर्माले  भने, ‘सर्वोच्च अदालतले मतदानमात्र गराउनू भनेको थियो । त्यतिबेला नेबिसंघको मनोनयन दर्ता पनि भएको थिएन । तर, उत्तम साउदको प्यानल अन्तिम समयमा दर्ता गराएर निर्वाचन गराइएकाले त्यो हामीलाई मान्य छैन ।’गत फागुन १८ गते हुन नसकेको स्ववियु निर्वाचन आरआर क्याम्पसमा मंगलबार भएको थियो र निर्वाचनबाट एमाले निकट अनेरास्ववियुको प्यानल विजयी भएको थियो ।

अखिल क्रान्तिकारीका ध्रुवराज वाग्लेले दायर गरेको रिटमा आरआर क्याम्पस प्रमुख डा. निर्मलाकुमारी सुवाल, निर्वाचन अधिकृत हरिप्रसाद पराजुली, नेविसंघका उत्तमबहादुर साउद लगायतलाई विपक्षी बनाइएको छ ।

रिटको पेशी बिहीबार बिहान १० बजे तोकिएको छ ।

 

प्रतिक्रिया