यत्ति भए नेपालले विश्वकप छनोट खेल्छ

यत्ति भए नेपालले विश्वकप छनोट खेल्छ

१९ चैत, काठमाडौं । बंगलादेशमा सन् २०१९ मा हुने एकदिवसीय क्रिकेटको छनोट खेल्ने नेपालको आशा अझै मरिसकेको छैन । तर, दुई देशविरुद्धका चार खेलमा नेपाली विजयी हुन जरुरी छ ।

नेपालले अब हङकङसँग उसकै मैदानमा दुई खेल खेल्नेछ, भने अर्को दुई खेल युएईविरुद्ध न्युट्रल भेन्युमा खेल्नेछ । नेपाल अहिले १० खेलबाट आठ अंकसहित छैठौं स्थानमा छ । चार खेलमा प्रष्ट जित निकाल्न सके नेपालको ८ अंक जोडिंदा १६ अंक पुग्नेछ ।

यस्तोमा नेपालभन्दा अगाडि रहेका टिम पनि पराजित हुनुपर्नेछ । नेदरल्याण्डले केन्यालाई दुवै खेलमा पराजित गरे नेपाललाई धेरै सहज हुनेछ ।

हङकङलाई नेपालले जिते पपुवान्युगिनी र हङकङबीचको खेल पनि निर्णायक हुनेछ । पपुवा न्युगिनी युएईसँग गत शुक्रबार जस्तै दुई दिनपछि फेरि पराजित भए हङकङले न्युगिनीलाई हराउँदा नेपाललाई फाइदा हुन सक्छ ।

युएईले शुक्रबार पपुवान्युगिनीलाई ८२ रनले पराजित गरेको थियो । स्कटल्याण्डले केन्यालाई दुवै खेलमा पराजित गर्दा पनि नेपालले आफ्नो खेल जित्दा सहज हुनेछ । स्कटल्याण्डले पपुवा न्युगिनीलाई दुवै खेलमा पराजित गर्दा पनि नेपाललाई निक्कै सहज हुनेछ ।

अरु समीकरणमा थोरै भर पर्न पनि नेपालले दुवै खेलमा जित्न भने अति नै जरुरी छ । नेपालले १० खेलमा चार खेल जितेको छ ।

सबैभन्दा बलियो टोली नेदरल्याण्डलाईसमेत नेपालले उसकै मैदानमा घुँडा टेकाएको थियो । स्कटल्याण्डसँग र पपुवान्युगिनीसँग नेपालले जितनजिक पुगेर पनि पराजय भोगेको थियो ।

यस्तो छ अहिलेसम्मको प्वाइन्ट टेबल

प्रतिक्रिया