राष्ट्रिय स्वाधीनता बचाउन जरुरी

राष्ट्रिय स्वाधीनता बचाउन जरुरी

दैलेख, १ वैशाख – पूर्वराज्यमन्त्री एवं राप्रपाका साँसद कुन्तीकुमारी शाहीले राष्ट्रिय स्वाधीनता बचाउन स्थानीय तहको निर्वाचन निर्धारित समयमै हुनुपर्ने बताउनुभएको छ । जिल्ला समन्वय समिति दैलेखले आज सदरमुकाममा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम यस्तो धारणा राख्नुभएको हो । shubhakamana
कार्यक्रममा दैलेख क्षेत्र नं. २ का साँसद लक्ष्मीप्रसाद पोखरेलले आसन्न स्थानीय तहको निर्वाचन सबै दलहरुले उच्च राजनीतिक संस्कार देखाउन आग्रह गर्नुभयो । उहाँले निर्वाचनलाई स्वस्थ प्रतिस्पर्धा तथा निर्भयपूर्वक सम्पन्न गर्न राजनीतिक सहिष्णुताको जरुरी हुने बताउनुभयो ।
त्यसबखत दैलेख क्षेत्र नं. १ का साँसद अम्मरबहादुर थापाले संघीय संरचनामा स्थानीय तहलाई बढी अधिकार दिइएको कारण योग्य, सक्षम र सवल नेतृत्वदायी क्षमता भएका व्यक्तिहरुको प्रतिनिधित्व जरुरी रहेको औल्याउनुभयो ।
शुभकामना कार्यक्रममा जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितले स्थानीय तहको निर्वाचनलाई शान्त, मर्यादित र स्वस्थ प्रतिस्पर्धामा गराउन निर्वाचन आचार सहिंताको इमान्दारितापूर्वक पालना गर्न राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो ।
त्यस बखत प्रमुख जिल्ल्ला अधिकारी जीवनप्रसाद दुलालले चुनावी सुरक्षा रणनीति बनाई प्रहरीलाई परिचालन गरिएको बताउदै निर्वाचनलाई शान्त बनाउन समुदायस्तरबाट समेत सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।
नेपाल वाल संरक्षण संजाल प्रदेश नं. ६ का संयोजक हीरासिंह थापाले आशन्न स्थानीय तहको निर्वाचनमा राजनैतिक दलका कार्यक्रममा वालवालिकाको दुरु पयोग रोक्नु पर्ने अपेक्षा राख्नु भएको थियो ।
स्थानीय विकास अधिकारी डिलाराम पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला राजनीतिक दल, सरकारी अधिकारीहरु, नागरिक समाजका प्रमुखहरु र सर्वसाधारण समेतले खुला विचार सहित शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया