दैलेख सदरमुकामको वडामै चुनावको चर्चा

दैलेख सदरमुकामको वडामै चुनावको चर्चा

दैलेख – सदरमुकाममा रहेको वडा अध्यक्ष हुन दैलेखमा नेताहरुविच रस्साकसी भएको छ । नगर र गाँउपालिकाको प्रमुखभन्दा–सदरमुकाममा रहेको नारायण नगरपालिका १ को वडा अध्यक्ष बन्नका लागि उम्मेदवारहरुविच निकै प्रतिष्पर्धा देखिएको हो ।
दैलेखमै सदरमुकाममा रहेको वडालाई विशेष रुपले हेरिने गरिन्छ । गाँउ पालिकाको प्रमुखका बारेमा खासै चर्चा नहुने भएपनि अहिले सदरमुकाममा रहेको वडा नम्वर १ को अध्यक्ष को हुने भनेर निकै चर्चा र चासो दिईने गरिएको छ ।
नेताहरुविच पनि उम्मेदवार बन्नका लागि कसरत भैरहेको छ । एमाले, काँग्रेस र राप्रपाका नेताहरुले उम्मेदवार लिन लागि परेका हुन् । एमालेभित्र वडा अध्यक्षका लागि धुव्र श्रेष्ठ, बालकृष्ण केसी र दिपक केसीको नाम चर्चामा छ । त्यस्तै काँग्रेसबाट बलराम श्रेष्ठ, लालबावु श्रेष्ठको नाम चर्चामा छ । राप्रपाबाट अजित श्रेष्ठको नाम चर्चामा छ । एमाओवादीबाट हुने उम्मेदवारको नाम चर्चामा छैन् । तर, काँग्रेस र एमालेविच नै दैलेख सदरमुकाममा प्रतिष्पर्धा हुने देखीएको छ । सदरमुकाममा अध्यक्षको उम्मेदवार हेरेर भोट हाल्ने खालका मतदाता रहेकाले लोकप्रिय उम्मेदवार हुन जरुरी छ । एमालेबाट धुव्र श्रेष्ठ र काँग्रेसबाट बलराम श्रेष्ठ बलिया उम्मेदवार रहेको नेताहरुको विश्लेषण रहेको छ ।

प्रतिक्रिया