भोलि मुख्य निर्वाचन अधिकृतको कार्यालय खुल्दै

भोलि मुख्य निर्वाचन अधिकृतको कार्यालय खुल्दै

सरकारले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन घोषणापछि राजनीतिक दलहरु चुनावी परिणाम आफ्नो पक्षमा पार्न प्रचार अभियानहरुमा तीव्रता दिएका छन् । निर्वाचन आयोगले भोलि वैशाख ३ गते ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय खोल्ने जनाएको छ ।
दैलेखका मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितले दैलेखका ११ वटै निर्वाचन अधिकृतहरुको समन्वय गर्न जिल्ला स्तरीय मुख्य निर्वाचन अधिकृतको कार्यालय भोलि विहान ८ बजे जिल्ला अदालतमा उद्घाटन गर्ने तयारी गरेको बताउनुभएको छ ।
निर्वाचन आचारसहिंता र निर्वाचन गतिविधिलाई शान्त, मर्यादित र स्वस्थ प्रतिस्पर्धाका साथ सञ्चालन गर्न जिल्लाका राजनीतिक दलहरुसंग अन्तरक्रियाको रुपमा पनि भोलिको कार्यक्रम केन्द्रित रहने जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश पण्डितले दैलेखका बहालवाला साँसदहरु र सरोकारवाला निकायलाई समेत भोलिको कार्यक्रममा निमन्त्रण गरिएको बताउनुभयो ।

प्रतिक्रिया