बालकृष्ण ढुंगेल पक्रिन जुट्यो प्रहरी

बालकृष्ण ढुंगेल पक्रिन जुट्यो प्रहरी

आज २०७४ साल वैशाख ३ गते, आइतबार । आजको राजधानी दैनिकले मुखपृष्ठको तल्लो लहरमा ‘ढुंगेल पक्रिन विशेष संयन्त्र’ शीर्षकमा समाचार लेखेको छ । समाचारमा सर्वोच्च अदालतको पछिल्लो बाध्यकारी आदेशपछि कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय पाएका नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वंसांसद बालकृष्ण ढुंगेललाई पक्राउ गर्न प्रहरीले विशेष संयन्त्र परिचालन गरेको उल्लेख छ ।

समाचारअनुसार, सो निर्देशनपछि प्रहरी प्रधान कार्यालयले उनको गृहजिल्ला ओखलढुंगा प्रहरी कार्यालयलगायत सबै मातहतका निकायलाई आन्तरिक सर्कुलर गरेर ढुंगेललाई तत्काल पक्राउ गरी पेस गर्न भनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको पार्टीका नेता भएकाले उनलाई हालसम्म प्रहरीले पक्राउ गर्न नसकेको पनि समाचारमा जनाइएको छ ।

कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका ढुंगेललाई नयाँ शक्ति पार्टी, नेपाल कम्युनिष्ट पार्टी र क्रान्तिकारी माओवादीले संयुक्त रूपमा अभिनन्दन गरेको बेला झन्डै एक महिनाअघि उनले सर्वोच्च अदालतका साथै आफ्नाविरुद्ध फैसला गर्ने न्यायाधीशलाई अपशब्द प्रयोग गर्दै गाली गरेका थिए ।

प्रतिक्रिया