स्थानीय तह निर्वाचन सफल भए अरु निर्वाचन शान्त हुन्छ

स्थानीय तह निर्वाचन सफल भए अरु निर्वाचन शान्त हुन्छ

जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितले संघीय संरचना अनुसार हुन गइरहेको पहिलो निर्वाचन भएकोले स्थानीय तहको निर्वाचन सफल बनाउन सबै जुट्नुपर्ने बताउनुभएको छ । News in Mukhkhe Narbacha office (1)
आज दैलेख सदरमुकाममा भएको मुख्य निर्वाचन निर्वाचन अधिकृतको कार्यालय उदघाटन कार्यक्रममा यो निर्वाचन सफल भए मात्र प्रान्तीय निर्वाचन र संसदीय निर्वाचन सहज हुने धारणा राख्नुभयो ।
मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी भएका जिल्ला न्यायाधीश पण्डितले निर्वाचन आचार सहिंता पूर्ण पालना गर्न र निर्वाचनलाई शान्त, मर्यादित र स्वस्थ प्रतिस्र्धात्मक बनाउन राजनीतिक दलहरुसंग आग्रह गर्नुभयो ।
कार्यक्रममा दैलेख क्षेत्र नं. १ का साँसद अम्मरबहादुर थापाले संघीय संरचना अनुसार पहिलो पटक हुन लागेको निर्वाचनले नागरिकलाई अधिकार सम्पन्न बनाउने भएकोले योग्य उम्मेदवार जिताउन आग्रह गर्नुभयो ।
त्यसबखत साँसद ललिता रेग्मीले महिलाहरुले राम्रो पदीय हैसियत र संख्यात्मक हिसावले पनि ४० प्रतिशत भन्दा बढी प्रतिनिधित्व हुने भएकोले महिला अधिकार प्रत्याभूती गराउन स्थानीय तहको निर्वाचनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले दैलेखमा अहिलेसम्म उच्च राजनीतिक संस्कार र सामाजिक सहयोगले आसन्न निर्वाचन शान्त र निर्भयपूर्वक हुनेमा आफू आशावादी रहेको बताउनुभयो ।

प्रतिक्रिया