जनमोर्चाबाट सुरत रावत मेयरको उम्मेदवार

जनमोर्चाबाट सुरत रावत मेयरको उम्मेदवार

दैलेख, वैशाख ५ । राष्ट्रिय जनमोर्चाबाट नारायण नगरपालिकामा किमुगाउँका सुरतबहादुर रावत मेयरको उम्मेदवार बन्ने भएका छन् । उनको पार्टीले नारायण नगरपालिकाका लागि मेयर र उपमेयरका उम्मेदवारको टुंगो लगाएको छ । उम्मेदवार रावतले उपमेयरमा नानपा ८ सिमाडाकी रुपा विकलाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए ।
नारायण नगरपालिकामा रावतको उम्मेदवारीले एमालेलेलाई झट्का लागेको छ । एमालेका तर्फबाट उम्मेदवार बनेका रत्नबहादुर खड्काका भान्जा रावतले एमालेको मत काट्ने आंकलन गरिएको छ । रावत इमान्दार र प्रखर वक्ता भएकाले पनि जनमोर्चाले उनको उम्मेदवारीमा राम्रो प्रर्दशन गर्ने आंकलन गरिएको छ ।

प्रतिक्रिया