निर्वाचन आयोगले भन्यो- मधेसका जिल्लामा पनि अवरोध छैन

निर्वाचन आयोगले भन्यो- मधेसका जिल्लामा पनि अवरोध छैन

निर्वाचन आयोगले निर्वाचन सामग्रीहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुर्याउने कामलाई तीव्रता दिएको छ । मतदाता परिचय पत्र छपाईको काम पनि केही दिन भित्रै सकिने आयुक्त शर्माले बताइन् । निर्वाचन आयोगले मतपत्र छपाईको कामलाई पूरा गरिसकेको छ ।

त्यसैगरी मतदाता परिचय पत्र वितरणको कामलाई भने निर्वाचन आयोगले सम्बन्धित मतदान केन्द्रमार्फत् बैशाख २७, २८ र २९ गते वितरण गर्ने योजना बनाएको छ ।

१ करोड ४० लाख ५४ हजार ४५२ जना मतदाताले स्थानीय तहको निर्वाचनमा भाग लिने निर्वाचन आयोगले जनाएको छ ।

 

प्रतिक्रिया