बालबालिकाकै हितमा खर्च गरिने

बालबालिकाकै हितमा खर्च गरिने

दैलेख, वैशाख ९ – चामुण्डा विन्द्रासैनी नगरपालिकाका कार्यकारी अधिकृत हरिबहादुर खत्रीले नगरपालिकाले बालबालिका लक्षित बजेट बालबालिकाकै हित र कल्याणमा खर्च गरिने बताएका छन् । बालबालिका लक्षित कार्यक्रम बालबालिकालाई नै देखीने गरि खर्च गरिने कार्यकारी अधिकृत खत्रीले नगरपालिका स्तरिय बाल सञ्चालको भेलामा बताएका हुन् ।
उनले बालबालिकालाई शोषण, दमन अत्याचार विरुद्ध बाल क्लव सक्रिय भएर लाग्नु पर्ने बताए । बाल श्रमीक र राजनितिक दलले बालबालिकालाई प्रयोग गर्नका लागि क्लवले अभियान चलाउनुपर्ने बताए ।
त्यस्तै विन्द्रासैनी नगरपालिकाको आयोजनामा बाल सञ्जाल गठन भएको छ । चामुण्डा विन्द्रासैनी नगरपालिकाको नगर बाल सञ्जालको अध्यक्षमा सुरेन्द्र देवकोटा, उपाध्यक्ष दिपक पौडेल, सचिव, उमेश शाही, कोषाध्यक्ष रविता विक, सहसचिवमा कल्पना गिरि रहेका छन् । सदस्यहरुमा दिनेश बुढा, सिर्जना खत्री, उर्वशी बोहोरा, मोहन शाही, दविड रेग्मी, विवेक भण्डारी, विष्णु कँडेल र नमराज रेग्मी रहेका सञ्जाल गंठनमा सहजीकरण कार्यक्रममा सहगरेकी भावना आर्चायले बताईन् । कार्यक्रममा ६० जना बालबालिका सहभागी रहेका थिए ।

प्रतिक्रिया