कमल थापामार्फत् केपी ओली फकाउँदै सरकार

कमल थापामार्फत् केपी ओली फकाउँदै सरकार

काठमाडौं । सरकारले प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई विश्वासमा लिएर मात्रै संविधान संशोधन प्रक्रिया अघि बढाउने कसरत थालेको छ ।

सरकारको कार्यशैलीको चर्को आलोचना गरेका प्रमुख प्रतिपक्ष दलका नेता एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फकाउने कामको जिम्मा उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले पाएका छन् ।

थापाले बिहीबार पनि एमाले संसदीय दलको कार्यालय पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् ।

“उहाँहरु चुनाव गराउने कुरामा सकारात्मक हुनुहुन्छ,” ओलीसँगको छलफलपछि थापाले पत्रकारहरुसँग भने, “अन्य कुरामा उहाँहरुसँग सहमति गरेर मात्रै सरकार अघि बढ्छ ।”

सत्तारुढ दलमध्ये थापा नै ओलीको नजिकका मानिन्छन् । ओलीको नेतृत्वमा रहेको सरकारमा पनि थापा सहभागी थिए ।

थापाले स्थानीय तहको संख्या थप गर्ने विषयमा स्थानीय विकास मन्त्रालयमा कांग्रेस, एमाले, माओवादी केन्द्रका नेताहरुसँग छलफल गर्दैछन् ।

प्रतिक्रिया