सिसि क्यामराले अपराध अनुसन्धानमा सहज

सिसि क्यामराले अपराध अनुसन्धानमा सहज

एच.एस.थापा
दैलेख – नारायण नगरपालिका भित्र जडान गरियका सिसि क्यामराको प्रभावकारिता बढ्दै गएको छ । सिसि क्यामराको माध्यमबाट बजार भित्र हिड्दै गर्दा हरायको सुन फेला परे पछि यसको प्रभावकारीता बढेको हो ।

?
?

दैलेख सदरमुकामको पुरानो बजार बाट देवकोटा चोकतिर आउदै गर्दा रमा श्रेष्ठले एक तोलाको सुनको सिक्री हराईन् । हरायका तीन घण्टा पछि मात्रै थाहा पाएकी श्रेष्ठले त्यति महङ्गो मंगलसुत्र हराउदा एक छिन् त बेहोस जस्तै बनिन् । कुन ठाउ हरायो उनलाई कुनै थाहा नै थिए । एक जना साथीको सल्लाहमा सिसि क्यामराको सहयोग लिन जिल्ला प्रहरी कार्यालयमा पुगिन् । प्रहरी निरिक्षक एकेन्द्र बहादुर खड्काले दिन भरी क्यामरामा कैद भएका भिडियो हेरे । लोकतान्त्रिक चोक नजिकै सडकमा दुईजनाले बाटोमा हिडिरहेको अवस्थामा भुइमा झुकेको देखियो तर उनीहरुले सिक्रीनै टिपेको अनुमान भने गर्न सकियन् । आशंकाको भरमा पुलिस प्रशासन र श्रेष्ठले ती व्यक्तिलाई सोध्ने निधो गरे । संयोगबस ति दुबै जना श्रेष्ठले चिनेका व्यक्ति रहेछन् ।
तपाईहरुले विहान १० बजे तिर बाटोमा हिडिरहेको बेला केहि वस्तु पाउनु भयो की भनेर श्रेष्ठले सोध्ने वित्तिकै ती व्यक्तिले मंगलसुत्र पाएको जानकारी दिए । त्यसपछि श्रेष्ठ खुसिले गदगद भईन् । उनी भन्छिन् मलाई विश्वास थिएन् सिसि क्यामराले यति महत्वपूर्ण काम गर्छ भनेर । उनले थपिन, बजार भित्रको अपराध नियन्त्रण गर्नका लागि सिसि क्यामरा महत्वपूर्ण रहेछ । हरायको गहना फेला पारेर फिर्ता गर्नेलाई उनले धन्यवाद समेत दिएकी थिईन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक एकेन्द्र बहादुर खड्काको सक्रियतामा उक्त कार्य गरियको थियो । सिसि क्यामराले गर्दा सदरमुकाम भित्र हुने जुनसुकै प्रकारका घट्नाबाट दोषि उन्मक्त हुन नसक्ने खड्काले बताए । उनि भन्छन् सदरमुकाम बासि सुरक्षित छन् किन भने यहाँ हुने हरेक अपराधको अनुसन्धान क्यामराले गरिरहेको छ । नयाँ नयाँ प्रविधिको प्रयोगले कामलाई सहज बनाईदिएको उनको भनाई थियो ।

प्रतिक्रिया