स्वच्छ, निष्पक्ष निर्वानका लागि इन्सेकले संयोजन गर्ने

स्वच्छ, निष्पक्ष निर्वानका लागि इन्सेकले संयोजन गर्ने

दैलेख, वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन मतदान प्रक्रियासम्मका गतिविधिलाई स्वच्छ, निष्पक्ष र धाँधली रहित बनाउन दैलेखमा पर्यवेक्षण गर्ने संस्थाले सूचना केन्द्रको कार्य गर्न अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)लाई संयोजकको जिम्मेवारी दिइएको छ ।
दैलेखमा पर्यवेक्षण गर्ने संस्थाहरुको आज दैलेख सदरमुकाममा बसेको बैठकले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का जिल्ला प्रतिनिधि अमर सुनारलाई स्वच्छ, निष्पक्ष निर्वाचन भए नभएको सूचना समन्वय गर्ने निर्णय भएको हो ।
जिल्लाका ११ वटै इकाईहरुमा निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय, जिल्ला समन्वय समिति र सुरक्षा निकायहरुको समेत सक्रियतामा निर्वाचन प्रभावकारी तयारीको प्रशंसा गर्दै मतदाता परिचयपत्र वितरणलाई सहज बनाउन मुख्य निर्वाचन अधिकृतलाई अनुरोध गरिएको बताइएको छ ।

प्रतिक्रिया