राष्ट्रिय मानवअधिकार आयोग निर्वाचन सुक्ष्म अनुगमन गर्दै

राष्ट्रिय मानवअधिकार आयोग निर्वाचन सुक्ष्म अनुगमन गर्दै

दैलेख, राष्ट्रिय मानवअधिकार आयोगले वैशाख ३१ गते मतदान हुने ३४ जिल्लामा मतदान गतिविधिको सुक्ष्म रुपमा अनुगमन गर्न अनुगमन गरिहरेको छ । जस अनुसार दैलेखको अवस्था बारे अनुगमन गर्न मानवअधिकार अधिकृत द्वारिका अधिकारीको टोली आज दैलेख आइपुगेको छ ।
मानवअधिकार अधिकृत द्वारिका अधिकारीको टोलीले जिल्ला सदरमुकामको त्रिभुवन मावि केन्द्रमा मतदान अधिकृतदेखि कर्मचारीहरु र सुरक्षाकर्मी समेत सबै जना महिला कर्मचारी खटाएको केन्द्रमा भएको तयारी बारे जानकारी लिएको थियो ।
महिला विकास अधिकृत अनिता ज्ञवाली मतदान अधिकृत रहेको सो मतदान केन्द्रको तयारी र जिल्लाका निर्वाचन सम्वन्धी कार्यमा संलग्न अधिकारीहरुसंग भेटेपछि मतदान कार्यको तयारी, सहकार्य र समन्वय देशभरकै उत्कृष्ट जिल्लाको रुपमा राष्ट्रिय मानवअधिकार आयोगले लिएको मानवअधिकार अधिकृत द्वारिका अधिकारीले बताउनुभयो ।
आयोगको टोलीले मतदातलाई निर्भयपूर्वक मतदान गर्ने अवस्था छ छैन, उम्मेदवारको सुरक्षा, निर्वाचन आचार सहिंताको पालनादेखि मतगणना अवधिसम्मको व्यवस्थापकीय कार्य बारे अनुगमन गर्नेछ ।
कार्यका लागि मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डित लगायतका अधिकारीहरुसंग भेट्नुका साथै पञ्चदेवल, चुप्रा, तर्ताङ्गका मतदान केन्द्रमा पुगी मतदाता परिचयपत्र वितरण प्रक्रिया र मतदानको तयारी बारे भइरहेका गतिविधिहरुको अनुगमन गरिएको मानवअधिकार अधिकृत द्वारिका अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया