मदिरा सेवन गर्ने मतदान अधिकृत हटाइए

मदिरा सेवन गर्ने मतदान अधिकृत हटाइए

दैलेख, वैशाख ३० – वैशाख ३१ गतेको मतदान कार्य सञ्चालन गर्नपर्ने मतदान अधिकृत आफैले मदिरा सेवन गरी उन्मत्त भएपछि मतदान अधिकृतको जिम्मेवारीबाट हटाइएका छन् ।
नारायण नगरपालिका–११ बिन्ध्यवासिनीको रैनादेवी मावि (ख) मतदान केन्द्रका मतदान अधिकृत जीतबहादुर खत्रीले मतदान प्रक्रियाका काम समेत गर्नै नसक्ने गरी अत्याधिक मदिरा सेवन गरिरहने गरेको भन्ने स्थानीयको सिकायतको आधार उनलाई हटाइएको हो ।
स्थानीयको सिकायत पुष्टी भएपछि जीतबहादुर खत्रीलाई निलम्वन गरी उनको ठाउँमा टीकाराम थापालाई खटाइएको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले जानकारी दिनुभयो । मतदान अधिकृत थापाले आजै सो मतदान केन्द्रमा कामकाज सुरु गरिसकेका छन् ।

प्रतिक्रिया