नारायण नगरमा काँग्रेसले खाता खोल्यो (मेयर पनि अगाडी)

नारायण नगरमा काँग्रेसले खाता खोल्यो (मेयर पनि अगाडी)

दैलेख, जेठ २ । दैलेखका ११ वटै स्थानीय इकाइमा मत गणना जारी रहेको छ । हालसम्म प्राप्त स्थानीय इकाईका परिणामअनुसार धेरैजसो स्थानमा एमालेले अग्रता लिएको छ । नारायण नगरपालिकामा काँग्रेस मेयर 2787, उपमेयर 2509 र एमाले मेयर 2567, उपमेयर 2845 मत छ । नारायण नगरपालिकाका ६ वटा वडाको मतगणना सम्पन्न भएको छ । १,२,३,४ र ५ वडा एमालेले जितेको छ भने वडा नम्बर ६ मा काँग्रेसले जितेको छ । काँग्रेसका प्रकाश न्यौपानेसहितको प्यानल विजयी भएको हो । उता भैरवीमा एमाले अध्यक्षमा 1257 र उपाध्यक्षमा 1339 मत छ । काँग्रेस अध्यक्षमा 1522 र उपाध्यक्षमा 1449 मत छ ।

गुराँसमा काँग्रेसले अग्रता लिएको छ । १ र २ नम्बर वडाको मतगणना सकिँदा काँग्रेस अध्यक्षमा ८२८ र उपाध्यक्षमा ८४३ मत छ । यस्तै एमाले अध्यक्षमा ६१८ र उपाध्यक्षमा ६३४ मत । यो गाउँपालिकाको वडा नम्बर १ एमालेले जितेको छ भने २ काँग्रेसले जितेको छ ।

यस्तै ठाँटिकाँधमा एमाले अध्यक्षमा ४०३ र उपाध्यक्षमा ४४० मत छ भने काँग्रेस अध्यक्षमा ३५२ र उपाध्यक्षमा पनि ३५२ मत छ । यो गाउँपालिकाको वडा नम्बर ३ को मतगणना सकिएको छ ।
उता आठविस नगरपालिकामा पनि एमालेले अग्रता लिएको छ । वडा नम्बर १ को मतगणना सम्पन्न हुँदा एमाले प्रमुखमा ७०६ र उपप्रमुखमा ७९६ मत ल्याएर अगाडी छ भने काँग्रेसले प्रमुखमा ४६३ र उपप्रमुखमा ४९० मत पाएको छ ।
उता गुराँसमा पनि एमालेले अग्रता लिएको छ । वडा नम्बर १ मा जारी मतगणना अनुसार एमाले अध्यक्षमा २२१ र उपाध्यक्षमा पनि २२१ मत छ भने काँग्रेस अध्यक्षमा १५८ र उपाध्यक्षमा १७३ मत छ ।
यस्तै डुंगेश्वर गाउँपालिकामा काँग्रेसले अग्रता लिएको छ । १ र २ वडा एमालेले जितेको छ भने ३,४ र ५ मा काँग्रेस विजयी भएको छ । सो गाउँपालिकामा काँग्रेसका अध्यक्षले २२९६ र उपाध्यक्षले २१६८ मत पाएका छन् भने एमालेका अध्यक्षले २१४५ र उपाध्यक्षले २२८० मत पाएका छन् । अन्य गाउँपालिका र नगरपालिकाको मतपरिणाम आउन बाँकी छ ।

प्रतिक्रिया