दैलेखमा ७ बजेपछि नारा जुलुस गर्न रोक

दैलेखमा ७ बजेपछि नारा जुलुस गर्न रोक

दैलेख, जेठ २ – स्थानीय तह निर्वाचनको विजय उत्सवमा मनाउने क्रममा झडपका घटना हुन थालेपछि जिल्ला प्रहरी कार्यालयले दैलेख जिल्लाभर आज साँझ ७ बजेदेखि विहान ५ बजेसम्म कुनै किसिमका नारा जुलुस नगर्न सार्वजनिक सूचना गरेको छ ।
प्रहरीको आफ्नै गाडी तथा स्थानीय रेडियो मार्फत सार्वजनिक सूचना गरी साँझ ७ बजेपछि नारा जुलुस नगर्न सूचना जारी गरेको छ । हिजो साँझ विजय उत्सवकै क्रममा काँग्रेस र एमाले कार्यकर्तावीच झडप भएपछि यो सूचना जारी गरिएको हो ।
विजय उत्सवलाई व्यवस्थि तगर्न र शान्ति सुरक्षालाई प्रभावकारी बनाई राख्न साँझ ७ बजेपछि विजय जुलुस नगर्न सार्वजनिक अपिल गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रवक्ता प्रहरी इन्स्पेक्टर एकीन्द्र खड्काले बताउनुभयो ।

प्रतिक्रिया