दैलेखको महावु गाउपालिकामा एमाले विजयी

दैलेखको महावु गाउपालिकामा एमाले विजयी

दैलेख, जेठ ३, दैलेखका ११ वटा स्थानीय इकाई मध्ये अन्तिम नतिजा सार्वजनिक भएको चौथो इकाईमा नेकपा एमाले बाजी मारेको छ । महावु गाउपालिका नेकपा एमालेका अध्यक्ष उम्मेदवार जंग वहादुर शाही र उपाध्यक्षमा उम्मेदवार प्रेमा वुढा विजयी भएका हुन । यस्तै ६ वटा वडा रहेको सो गाउपालिकामा नेकपा एमालेका ४ वडा जितेको छ । एमालेले १, ४, ५ र ६ जितेको छ भने २ र ३ मा काँग्रेसले जितेको छ ।
एमालेका शाहीले काग्रेसका कर्ण वहादुर शाहीलाई ६३० मत अन्तरले पराजित गरेका हुन । एमाले शाहीले ३५२२ मत पाएका छन भने काग्रेस शाहीले २८९२ मत पाए । यस्तै वुढाले काग्रेसकी मञ्जु पाण्डेलाई ६२४ पछाडी पारेर विजयी भइन । वुढाले ३८०८ मत पाइन भने पाण्डेले ३१८४ मत पाइन ।
वडा नम्बर १ मा एमालेका हरि प्रसाद उपाध्यर्य, २ मा नोपली काग्रेसका राककृष्ण गुरुड, ३ मा नेपाली काग्रेसका हीरासिंह वडुवाल, ४ मा एमालेका देव वहादुर शाही, ५ मा एमालेका जगत हमाल र ६ मा एमालेका डम्वर तारामी वडा अध्यक्षमा विजयी भएका छन ।

प्रतिक्रिया