कैलालीमा सुतिरहेकै अवस्थामा एक दम्पतीको हत्या

कैलालीमा सुतिरहेकै अवस्थामा एक दम्पतीको हत्या

८ जेठ, कैलाली । धनगढी उपमहानगरपालिका ७ छात्राबास टोलमा गएराति एक दम्पतिको घरमै सुतेकै अवस्थामा हत्या भएको छ । आफ्नै घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरेर दम्पत्तिको हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले ताला तोडेर भित्र हेर्दा विभित्स अवस्थामा दम्पत्ति बदि्रप्रसाद जोशी (७२) र कुन्ता देवि जोशी -६५) को शव फेला परेको बताएको छ ।

उनीहरुको अनुहारमा धारिलो हतियारले छियाछिया हुने गरी प्रहार गरेको र कोठामा ताला लगाएर राखेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक -एसपी) अर्जुन चन्दले बताए ।

उनले हत्याको आकंशाका जोशीको घरमा कोठा भाडामा लिएर बसेका समेत गरी ७ जनालाई नियन्त्रणमा लिएको समेत बताए । अन्य २ जना फरार रहेको प्रहरीले जानकारी दिएको छ ।

शिक्षण पेशाबाट अवकास प्राप्त जोशी जजमानी पेशा गर्दै आएरहेका थिए । जोशी दम्पत्तिको कसले के कारणले हत्या गरेको हो भन्ने विषमा छानविन गरी दोषिलाई कार्वाही गर्न स्थानीयले माग गरेका छन् ।

सोही घरमा कोठा भाडामा लिएर भुईतलामा बस्दै आएका भागीराम चौधरीका अनुसार आइतबार राती ८ बजे तिर २०/२२ जनाको संख्यामा मानिसहरु आएर खसी काटेर भोज खाएको र अबेर रातिसम्म नाचजान समेत गरेका थिए ।

मृतक दम्पत्तिका ३ छोरी र १ छोरा रहेका छन् । छोरा हाल वैदेशिक रोजगारीको सिलसिलामा स्पेन र एउटा छोरी अष्ट्रेलिया र अर्को छोरी अमेरिकामा रहेको छिन भने जेठी छोरी धनगढीमै रहेकी छन् ।

स्थानीयले दिएको सूचनाको आधारमा प्रहरी घटनास्थल पुग्दा कोठामा ताला लगाएको भेटिएको थियो ।

 

प्रतिक्रिया