राजपामा विवादः चुनाव बहिस्कारको पक्षमा राजकिशोर

राजपामा विवादः चुनाव बहिस्कारको पक्षमा राजकिशोर

१० जेठ, काठमाडौं । ६ वटा मधेसकेन्द्रित  दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा)मा अन्तरविरोध चर्किएको छ । दोस्रो चरणको स्थानीय निर्वाचनमा भाग लिने कि बहिस्कार गर्ने गर्ने भन्नेबारे राजपामा विवादमा चुलिएको हो ।

पार्टी एकताका लागि निर्णायक भूमिका खेलेका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव निर्वाचन बहिस्कारको पक्षमा खुलेर उत्रिएका छन् ।

निर्वाचनमा भाग लिने कि बहिस्कार गर्ने भन्ने विषयमा निर्णय गर्न बुधबार दिउँसो राजधानीमा राजपाको बैठक डाकिएको छ । वीरगञ्ज पुगेका राजेन्द्र महतो र अनिल झा बैठकमा सहभागी हुन आजै राजधानी फर्किएका छन् । आजको बैठकले राजपा चुनावमा सहभागी हुने निर्णय लिने सम्भावना छ ।

तर, आजकै बैठकबाट चुनाव बहिस्कारको निर्णय गराउन र आन्दोलनका कार्यक्रम घोषणा गराउन राजकिशोर यादवले शीर्षनेताहरुलाई दबाव दिइरहेका छन् ।

राजपाका बहुसंख्यक नेता भने तराईमा स्थानीय तहको संख्या थपिएकाले अब चुनावमा जानुपर्ने पक्षमा छन् । प्रमुख विपक्षी एमालेको विरोधका बीच सरकारले वीरगञ्ज र बिराटनगरलाई महानगर बनाउनुका साथै २२ स्थानीय तह थप गरेको छ । तराई मधेसका जिल्लामा २४ गाउँपालिकालाई नगरपालिका बनाउने निर्णय समेत गरेको छ । र, उसमा राजपाको सहमति छ ।

तर, राजकिशोरसहितका केही नेता भने संविधान संशोधन नभई चुनावमा जानु हुन्न भन्ने अड्डी कसिरहेका छन् ।

प्रतिक्रिया