निर्वाचन आयोगले भन्यो – भर्खरै थपिएका ठाउँमा चुनाव गर्न सकिँदैन

निर्वाचन आयोगले भन्यो – भर्खरै थपिएका ठाउँमा चुनाव गर्न सकिँदैन

काठमाडौं, जेठ ११– निर्वाचन आयोगले थपिएका २२ स्थानीय तहमा जेठ ३१ गते चुनाव सम्पन्न गर्न नसकिने स्पष्ट पारेको छ । बिहिबार बसेको आयोगको बैठकले थपिएका स्थानीय तहमा जेठ ३१ गते स्थानीय तहको निर्वाचन गराउन असम्भव रहेको निश्कर्ष निकाल्दै पुरानै संरचनामामात्रै जेठ ३१ गते चुनाव गराउन सकिने जनाएको छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले परिवर्तन भएका गाउँपालिका तथा नगरपालिकाको वडा संख्यालगायतको विस्तृत विवरण तयार गरी राजपत्रका प्रकाशित भएपनि निर्वाचन प्रयोजनका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट आयोगमा उपलब्ध गराउने व्यवस्था रहेको भन्दै सो विवरण अझैं आयोगमा प्राप्त नभएको विज्ञप्तिमार्फत जनाएका छन् ।

परिवर्तित गाउँपालिका तथा नगरपालिकाको विस्तृत विवरण प्राप्त भएपछि ती गाउँपालिका तथा नगरपालिकाको बडागत तथा मतदान केन्द्रगत विवरण खुलेको मतदाता नामावली तयार गर्न र तयार भएका मतदाता नामावली जेठ १५ गतेसम्ममा गाउ तथा नगरपालिकाको केन्द्रमा पुर्याउन प्राविधिक रुपमा असम्भव रहेको आयोगको भनाई छ ।

यस्तै मतदाताको परिवर्तित ठेगाना अनुरुप मतदाता परिचयपत्र छपाई गरी जेठ २७ सम्मा सम्बन्धित मतदान केन्द्रमा पुग्ने गरी व्यवस्थापन गर्न नसकिने पनि आयोगले स्पष्ट पारेको छ ।
यसका सागै नयाँ थपिने स्थानीय तहमा निर्वाचन अधिकृतको नियुक्ति गरी जेठ १५ भित्र मतदान अधिकृतको कार्यालय स्थापना गर्न समेत नसकिने आयोगको भनाई छ ।

प्रतिक्रिया