भरतपुर विवाद : निर्वाचन आयोगले बनायो छानविन समिति

भरतपुर विवाद : निर्वाचन आयोगले बनायो छानविन समिति

काठमाडौं । निर्वाचन आयोगले भरतपुरमा देखिएको विवाद समाधान गर्न सहन्यायाधीवक्ता गिता तिमिल्सिनाको नेतृत्वमा छानविन समिति गठन गरेको छ । छानविन समितिले सकेसम्म छिटो प्रतिवेदन बुझाउने बताइए पनि तीन दिनभित्र बुझाउन भनिएको छ ।
त्यतिन्जेल भरतपुरको मतगणना स्थगित गरिनेछ ।
छानविन समितिमा गृहमन्त्रालयका एक सहसचिव र अर्का एकजना डीआईजी समितिमा रहनेछन् । उनीहरुको समितिले तीन दिनभित्र प्रतिवेदन बुझाएपछि के गर्ने भन्ने निर्णय गरिने निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
ऐनअनुसार चितवनबाट आएको सबै तथ्य स्पष्ट नहुँँदा छानविन समिति गठन गरिएको उनले जानकारी दिए ।
१९ नम्बर वडाको १८०७ मत गणना भैसकेको उनले जानकारी दिए ।
छानविन समितिले भरतपुर पुगेर प्रतिवेदन तयार पार्नेछ । त्यसपछि मात्रै त्यहाँ पुनः मतदान गर्ने कि मतगणना भन्ने त्यसपछि मात्रै स्पष्ट हुने उनले बताए । निर्वाचन आयोगको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
स्थानीय तह निर्वाचन ऐनको दफा ५० को उपदफा ३ बमोजिम छानविन समिति गठन गरेको हो ।

प्रतिक्रिया