भित्ते पत्रिका तालिम सुरु

भित्ते पत्रिका तालिम सुरु

दैलेख, जेठ २७ । दैलेखमा बाल क्लबका पदाधिकारीका लागि ३ दिने भित्ते पत्रिका प्रकाशन सम्बन्धि तालिम सुरु भएको छ । सामाजिक सेवा केन्द्र (सोसक) र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित सहयात्रा परियोजनाको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।
तालिममा सहयात्रा परियोजना लागु भएका गुराँस गाउँपालिका, ठाँटिकाँध गाउँपालिका र चामुण्डा विन्द्रासैनी नगरपालिकाका विभिन्न विद्यालयमा गठन भएका बाल क्बलका पदाधिकारी सहभागी छन् । तालिममा ६ जना बालिका र ११ जना बालक सहभागी रहेको आयोजकले जनाएको छ ।
बाल क्लबाट मासिक रुपमा भित्ते पत्रिका प्रकाशन गरिने भएकाले तालिम आयोजना गरिएको हो । तालिमको सहजीकरण पत्रकार महासंघ दैलेखका पूर्व अध्यक्ष नमन शाही र पत्रकार खेमराज थापाले गरेका छन् ।

प्रतिक्रिया