म्याद नाघेका खाद्यबस्तु नष्ट

म्याद नाघेका खाद्यबस्तु नष्ट

दैलेख, जेठ २९ – जिल्ला प्रशासन कार्यालयले दैलेख सदरमुकामका पसलहरुले बेच्न राखेका म्याद नाघेका खाद्य बस्तु नियन्त्रणमा लिई नष्ट गरेको छ । आज विहान देवकोटाचोकदेखि गणेशचोकसम्म पसलहरुको अनुगमन गर्दा पाइएका त्यस्ता खाद्य बस्तु नष्ट गरिएका सहायक प्रमुख जिल्ला अधिकारी गंगाराम गिरीले जानकारी दिनुभयो । IMG_20170612_163905
पटक पटक सचेत गराउँदा पनि दैलेखका व्यापारीहरुले म्याद नाघेका, सडे गलेका, ढुसी लागेका, बस्तुहरु बेच्दै आएका छन् । बजारमा बिक्रीका लागि राखिएका खाद्य बस्तु तथा सामग्रीको म्याद नाघेको, गुणस्तर कमजोर, तौल नपुगेको अवस्थामा उपभोक्ता स्वयम्ले पनि व्यापारीसंग भन्न नसकेको उपभोक्ता अधिकारकर्मीको भनाई छ ।

प्रतिक्रिया