बालबालिकाको पहिलो कर्तव्य पढाई

बालबालिकाको पहिलो कर्तव्य पढाई

दैलेख, जेठ २९ – दैलेखका स्थानीय विकास अधिकारी डिलाराम पन्थीले राम्रो पढ्नु् नै विद्याथीहरुको पहिलो कर्तव्य भएको बताउनुभएको छ । जिल्ला समन्वय समितिको आयोजनामा बाल क्लवहरुको व्यवस्थापन तथा जिल्ला स्तरीय बाल सञ्जाल गठन कार्यक्रमको आज समापन कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो । IMG_20170612_153421
त्यसबखत महिला विकास अधिकृत अनिता ज्ञवालीले बालबालिका तथा महिला माथि हुने हिंसा तथा अमानवीय व्यवहार विरुद्ध बालबालिका आफैले बोल्न थाले मात्रै समस्या समाधान हुन सक्ने बताउनुभयो ।
आजै यामबहादुर बिकको अध्यक्षतामा १३ सदस्यीय जिल्ला स्तरीय बाल सञ्जाल गठन गरिएको छ । हिजो र आज बालअधिकारका विविध पक्षमा सहभागी ४४ जनालाई क्षमता विकास सम्वन्धी तालिम दिइएको थियो ।

प्रतिक्रिया