स्वच्छ खानेपानी विकासको पहिलो पुर्वधार – अध्यक्ष खनाल

स्वच्छ खानेपानी विकासको पहिलो पुर्वधार – अध्यक्ष खनाल

दैलेख – दुल्लू नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष कलम वहादुर खनालले श्वच्छ खानेपानी विकासको पहिलो पुर्वाधार भएको वताउनु भयो । दुल्लु ना.पा ३ रौतेनि खानेपानी तथा सरसफाई योजना सम्झौता तथा सार्वजनिक सुनुवाई कार्यक्रम वोल्दै दुल्लु न पा. ३ का नव निर्वाचित अध्यक्ष कलम बहादुर खनालले जलश्रोत व्यवस्थापन कार्यक्रमले मानव जिवनको रक्षा गरेका बताउनु भयो । उहाले “विकासको पहिलो पुर्वधार नै स्वच्छ खानेपानी भएकाले समुदाय संघ सस्था र सरकारी निकायले पहिलो प्राथमिकता खानेपानीमा दिनु पर्ने भन्नु भयो ।” DWSSP News in Dullu (3) DWSSP News in Dullu (2) DWSSP News in Dullu (1)
कार्यक्रममा बोल्दै हेल्भेटास स्वीस ईन्टरकोअपरेशन नेपालका अनुगमन संयोजक रुविका श्रेष्ठले स्वच्छ खानेपानी मात्र नभई समुदायमा पुर्ण सरसफाइ का सबै सुचक पुरा गरे मात्र समुदाय स्वच्छ रहने बताउनु भयो । उहाले थप्नु भयो “योजना निमण मात्र हैन दिर्घकालीन बनाउनु समुदयको दाइत्व रहेको हुन्छ ।” उक्त कार्यक्रममा बोल्दै सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका फिल्ड सुपरभाईजर महेन्द्र राज अधिकारी ले कुनै पनियोजनाको सम्झौता पुर्व नै सार्वजनिक सुनाई गरेर मात्र सम्झौता गर्नाले कार्यक्रमको पार्दशिता र कार्यक्रम दिर्घकालीन हुने वताउनु भयो । उहाँले थप्नु भयो “आफु कार्यरत संस्थाले दिगो विकासका लागि दिर्घकालीन र पारदर्शिक काम गर्ने गरेको छ ।” यो योजना समुदयको भएकाले यसमा दिगो वनाउन र पारदर्शी गराउने पहिलो जिम्मेवार समुदाय नै रहेको वताउनु भयो ।

कार्यक्रमको अन्तमा योजनालाई दिगो निमार्ण र दिर्घकालिन वनाउको लागि दुल्लु न.पा ३ वडा कार्यपालिका जिम्मेवार रहने प्रतिबद्धता व्यक्त गरिएको थियो । यो कार्यक्रम हेल्भेटास स्वीस ईन्टरकोअपरेशन नेपाल को आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सामाजिक तथा प्राविधिक सहयोगमा सञ्चालीत जलश्रोत व्यवस्थापन कार्यक्रमले संचालन गरेको थियो ।

प्रतिक्रिया