अंशबन्डाको विषयमा झगडा हुदाँ दाईको आक्रमणबाट भाई घाईते

अंशबन्डाको विषयमा झगडा हुदाँ दाईको आक्रमणबाट भाई घाईते

दुर्गा वि.सी
सल्यान, बन्गाड कुपिण्डे नगरपालीका वडा ७ पाखापानी सल्यानमा अंश बन्डाको विषयमा झगडा हुदाँ २९ वर्षिय भोला वोहरा घाईते भएका छन् । भोलाका दाई विजय वोहराले कुटपिट गरि आफ्नै भाईलाई गम्भीर घाईते वनाएको बन्गाड प्रहरी पोष्ट बालुवासँग्रहिले जनाएको छ । अंशवन्डाको विषयमा दुई दाजुभाई विचमा कुरा नमिल्दा दाई विजयले भाई लाई रुख काट्ने आराले घाँटी,टाउको र अन्य शरिरको भागमा छेदविच्छेद रुपले काटी घाईते वनाएको उनको श्रीमती पुष्पा वोहराले वताईन् । घाईते वोहराको भने कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको छ ।

प्रतिक्रिया