अनियमितता भएका दैलेखका ४८ मुद्दा निर्णय हुन बाँकी

अनियमितता भएका दैलेखका ४८ मुद्दा निर्णय हुन बाँकी

दैलेख, असार १३ – दैलेख जिल्लामा चालु आर्थिक वर्ष ०७३÷७४ अवधिमा परेका ७८ मध्ये ४८ वटा आर्थिक अनियमितता भएका मुद्दा फस्र्यौट हुन बाँकी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेतले जनाएको छ । news in akhtiyar
दैलेख सदरमुकाममा आज भएको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्वन्धी अन्तरक्रिया कार्यक्रममा पुनर्संरचना गठन अघिका जिविस, नगरपालिका तथा गाविसका सडक निर्माण, शिक्षा, बन लगायतका कार्यालयहरुको मुद्दा बढी मात्रा रहेको आयोगको क्षेत्रीय कार्यालयका निमित्त कार्यालय प्रमुख जनकबहादुर डाँगीले जानकारी दिए ।
कार्यक्रममा नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले भ्रष्टाचार नियन्त्रणका विषयमा जति नै चर्चा भएपनि कर्मचारी र जनप्रतिनिधिहरु उत्तरदायी नबनेको कारण अनियमितता नरोकिएको औल्याए ।
त्यसबखत प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले सुशासन, पादर्शिता, प्रभावकारी अनुगमन र जवाफदेहिता जरुरी रहेको बताए । आर्थिक वर्षको अन्तिम समयमा हतारहतारमा नियम प्रक्रिया नपु¥याई खर्च गर्ने प्रचलनको निगरानी गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेतको टोली असार मसान्तसम्मै दैलेखमा रहने बताइएको छ ।

प्रतिक्रिया