ट्रयाक्टरबाट खसेर सहचालकको मृत्यू

ट्रयाक्टरबाट खसेर सहचालकको मृत्यू

दैलेख, असार १३ – सहारे खानेपानी आयोजनाका मजदूर बोकेर सदरमुकामबाट भवानीतर्फ गइरहेको ट्रयाक्टरबाट खसेर १९ वर्षीय सहचालक जयबहादुर बस्नेतको मृत्यू भएको छ । लु १ त ५४८९ नम्वरको गुडिरहेको ट्रयाक्टरबाट भैसेखोर भन्ने ठाउँमा खसेर बस्नेतको मृत्यू भएको प्रहरीले जनाएको छ ।
ट्रयाक्टर गुडिरहेको मोवाइलमा कुरा गरिरहेका बेला डण्डी समाएको बायाँ हात छुटेपछि सडकको भित्तामा ठोक्किएकोमा उपचारको लागि अस्पताल लैजाने क्रममा मृत्यू भएको बताइएको छ । उनको ३ महिना अघि मात्र विवाह भएको थियो ।

प्रतिक्रिया