ज्यान मार्ने धम्की दिने प्रिन्सीपल प्रहरी खोरमा

ज्यान मार्ने धम्की दिने प्रिन्सीपल प्रहरी खोरमा

दुर्गा वि.सी.
बन्गाडगाड कुपिण्डे नगरपालीका वडा १ सल्लीवजारमा रहेको उज्वल स्टार वोर्डिङ्ग स्कुलका प्रिन्सीपल कुशम कुमार वुढाले शंखपिपल च्युरामा कार्यरत श्रोत व्यक्ति विर वहादुर सेजवाललाइ ज्यान मार्ने धम्की दिएका छन् । वेलुकि ९ ः ३० वजेको समयमा श्रोत व्यक्ति विर वहादुर सेजवालाई ९८१८८६८६९२ नम्बरको मोवाईल नम्बरबाट फोन गरेर धम्काएका थिए ।

प्रहरीसँग रिर्पोट भएमा सकाईदिने,मारी दिने समेतको धम्की दिए पछि सेजवालको परिवारमा त्रास फैलिएको छ । कुरालाई सामान्यीकरण गर्न खोज्दा समेत वुढाले नमानेको र उल्टै अभ्रदरुपमा गाली गलौज गरेको जनाएको छ । श्रोत व्यक्ति सेजवालको मोवाईलमा फोन गरेर धम्की दिएको जनाएको छ । धम्की दिने प्रिन्सीपल कुशम वुढालाई भने इलाका प्रहरी कार्यलय सल्लीवजारको टोलीले तत्काल पक्राउ गरेको थियो । मदिरा सेवन गरी धमकी दिने वुढालाई भने अहिले जिल्ला प्रहरी कार्यलय सल्यानमा लगिएको छ । उनलाई प्रहरीले थप अनुसन्धान गरीरहेको जनाएका ेछ । के कारणले,किन,श्रोत व्यक्ति माथि उनले धम्की दिए भन्ने कुरा खुल्न नसकेको र थप अनुसन्धान पछि वताउने प्रहरीले जनाएको छ

प्रतिक्रिया