खोलाले बगाएका बालकको शव फेला

खोलाले बगाएका बालकको शव फेला

अमर सुनार
दैलेख, असार ३१ – छ दिनअघि कट्टी खोलाले बगाएर वेपत्ता दैलेखको भगवतीमाई गाउँपालिका–६ सानतडाका १० वर्षीय नवीन रोकायको शव आज फेला परेको छ । सोही गाउँपालिकाको १ नं. वडा हुलाक टाकुरा नजिक सो शव फेला परेको प्रहरीले जनाएको छ ।

IMG_20170714_182549
असार २६ गते बेस्तडा नजिक सानतडा भन्ने ठाउँमा कालेकाल्चुको गुँडबाट फूल लिएर आउन लाग्दा चिप्लिएर कट्टी खोलामा खसेपछि वेपत्ता भएका थिए । लगातार ६ दिनसम्म नभेटाएको, आज दिनभर मौसम सफा भएकोले हुलाक टाकुरा बजार नजिक कट्टीखोलामा शव फेला पारिएको मृतक बालकका जेठा बुबा रामबहादुर रोकायले बताउनुभयो ।

प्रतिक्रिया