स्थानीय तहलाई अधिकार छ, श्रोत छैन

स्थानीय तहलाई अधिकार छ, श्रोत छैन

अमर सुनार
दैलेख, साउन २ – नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले केन्द्रीय सरकारले अधिकार दिए पनि श्रोत र जनशक्ति नदिएको बताउनुभएको छ । नेपाल कानून समाजको नागरिक सम्वाद केन्द्र नेपालगञ्जको आयोजनामा आज दैलेखमा भएको नागरिक सम्वाद कार्यक्रममा स्थानीय तहलाई आवश्यक कानून नदिंदा प्राप्त अधिकार र स्वायत्तताको प्रयोग गर्न नपाएको औल्याउनुभयो ।

IMG_20170716_124620
त्यसबखत नागरिक सम्वाद केन्द्र नेपालगञ्जका प्रमुख अधिवक्ता पदम पाण्डेले नेपालको संविधान कार्यान्वयन हुन नेपालका प्रचलित ३ सय ३५ ओटा कानून संशोधन गर्नुपर्ने र त्यति नै संख्यामा नयाँ कानून आवश्यक रहेको जानकारी दिनुभयो ।
नागरिक सम्वाद कार्यक्रममा नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल, नेपाल बार एशोसियसनका जिल्ला अध्यक्ष यामराज थापा, अधिवक्ताहरु खड्गबहादुर सिजापति, प्रेमबहादुर थापा, पत्रकारहरु र नारायण नगरपालिकाका वडाध्यक्षहरु, सदस्यहरु र कर्मचारीहरु पनि सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया