हावाहुरी कृषकको मकै बालीमा क्षेती

हावाहुरी  कृषकको मकै बालीमा क्षेती

जीवन आचार्य दैलेख
सोमवार साझँको हावाहुरी संगै आएको मुसलधारे पानीले नौमुले गाउपालिकाको बालुवाटार र द्धारीमा १५० परिवार कृषकको मकै बालीमा ठुलो क्षेती पुराएको छ । मध्यराती करिब २ घण्टा सम्म परेको मुसलधारे पानीले दुई वटा वडाका करिब १५० परिवारको मकै बालीमा क्षेती गरेको हो । मुसलधारे पानीले नौमुले २ नम्बर वडा बालुवाटारको ठुलो चम्लाए,३ नम्बर वडा द्धारीको सानो चम्लाए र भाडेमा मकै बाली तहस नहस गरेको स्थानियले बताएका छन ।

हावा र पानीले करिब एक दर्जन स्थानियको घरमा समेत क्षेती गरेको भने फलफुलका विरुवामा समेत हानी पुराएको छ । जनजाती र दलित समुदायको बसोबास बढी भएको उक्त क्षेत्रमा बर्खे अेती नष्ट भएपछि खाद्यान्न संकट पर्न सक्ने भन्दै स्थानियले चिन्ता व्यक्त गरेका छन । द्धारी ५ सानो चम्लाएका टिकाराम विकले दुख गरेर लगाएको खेती हावा संगै आएको भिषण पानीले सखाप बनाएको बताउनु भयो । धान चावल फाल्न सुरु गरेको मकैका बोट एउटा पनि बाकी नरहेर ढलेको उहाले बताउनु भयो । यस्तै द्धारी ३ बाडेकी शसि विकले छरछिमेकी सवैको मुख्यबाली सखाप भएपछि अैचो पैचो माग्न पनि बन्द भएको दुखेसो पोख्नु भयो ।

करिब ६ महिना सम्म पुग्ने मकै बाली पुर्णरुपमा नष्ट भएपछि पिडित परिवारले राहतका लागी सम्बन्धित सवै पक्षलाई सहयोग गरिदिन आग्रह गरेका छन । यसैविच नौमुले गाउपालिकाको ४ नम्बर वडा कालिकामा पनि पानीले क्षेती गरेको जानकारी प्राप्त भएको छ । क्षेतिको पुर्ण विबरण भने प्राप्त भएको छैन ।

प्रतिक्रिया