नस्पाती रुखबाट लडेर चन्चल पुनको मृत्यु

नस्पाती रुखबाट लडेर चन्चल पुनको मृत्यु

दुर्गा वि.सी
सल्यानको बन्गाड कुपिण्डे वडा ३ बामे काप्रा नीवासि वर्ष ४७ का चन्चल पुन नस्पाती टिप्न जाँदा रुखबाट लडेर मृत्यु भएको छ । घर नजिकैको रहेको नस्पातीको रुखमा चढेका पुनको उक्त रुखबाट लडेर मृत्यु भएको जनाएको छ । नस्पाती टिप्नको लागि दिउसो १ वजेको समयमा उनि रुखमा चढेका थिए । टेकेको रुखको हाँगा भाँचिए पछि उनि भुई खसेका ुिथए । रुखबाट खसेर अचेत अवस्थामा रहेका पुनको उपचार हुन नपाउँदै केहि समय पछि मृत्य भएको थियो । पुनको ३ छोरा र २ छोरी रहेको वताएको छ ।

प्रतिक्रिया