युवा क्लवद्वारा बाटो मर्मत

युवा क्लवद्वारा बाटो मर्मत

दैलेख, साउन १४ – वर्षायामको पानीले बिग्रेको नारायण नगरपालिका वडा नं. ११ विन्ध्यावासिनी जाने मोटर बाटो समाजसुधार क्लबका युवाहरूको अग्रसरतामा मर्मत सुधार गरिएको छ । समाजसेवी, बुद्धिजीवी, शिक्षक, स्थानीय गाडीचालक र गाडी मालिक समेतको सहभागिता रहेको अध्यक्ष प्रेमबहादुर बिष्टले बताए ।
वर्षातको कारण सदरमुकाम अस्पतालसम्म पुर्याउन समेत कठिनाई भएको अवस्थालाई मध्यनजर गरी बाटो मर्मत सुधार गरिएपछि यात्रुहरूलाई समेत आवतजावत र ब्यापारीलाई समान ढुवानी सहज हुने बताइएको छ ।
विकास निर्माणकार्य र स्थानीय समस्या आफैले समाधान गर्न प्रयत्न गरिएको यो उदाहरणले सबै विकासको कामलाई सरकारको मुख ताक्नु पर्दैन सके जति काम आफैले पनि केही गर्नुपर्छ भन्ने समाजसुधार क्लबका युवाहरूले सन्देश दिएका छन् ।

प्रतिक्रिया