नेपाली काँग्रेसको कार्यालयमा तालाबन्दी

नेपाली काँग्रेसको कार्यालयमा तालाबन्दी

अमर सुनार
दैलेख, साउन १७ – नेपाली काँग्रेस दैलेखका पार्टी सभापति कृष्णकुमार बीसीसंग असन्तुष्ट पक्षले पार्टी कार्यालयमा आज तालाबन्दी गरेका छन् । महाधिवेशन प्रतिनिधि हिक्मत बिक, जिल्ला कार्यसमितिका सदस्य गणेशकुमार श्रेष्ठ, गणेशकुमार शाही लगायतका काँग्रेस कार्यकर्ताले कार्यालयको मूल ढोकामा ताला लगाएका हुन् ।
पार्टी सभापति बीसीको स्वच्छाचारीपन, पारदर्शिताको अभाव र संगठन चलाएमान नगराएको आरोप लगाउदै उनलाई सभापतिबाट हटाउन पार्टी केन्द्रलाई समेत अनुरोध गरिएको छ । तीन महिना अघि भएको स्थानीय तहको निर्वाचनमा विपक्षीसंग मिलेर पार्टी उम्मेदवारलाई हराएको आरोप लगाइएको छ ।
यस घटना बारे प्रतिक्रिया माग्दा सभापति बीसीले स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको बस्तुनिष्ट आधारमा देखिएसम्म कडा कारवाही हुने बताउदै आसन्न संयीय र प्रदेश संसदको निर्वाचनको तयारी जुट्नुपर्ने समयमा नचाहने व्यक्तिहरुले फुट र विग्रहको प्रयत्न गरेको टिप्पणी गर्नुभयो ।
दिउँसो कार्यालयमा तालाबन्दी गरिएको र आफू काठमाण्डौंबाट मंगलवार साँझ दैलेख आएकोले असन्तुष्ट साथीहरुका जायज मागहरु विषयमा छलफल गर्ने तर आफू निर्वाचित सभापति भएकोले वक्तव्यबाजीकै भरमा पद नछोड्ने बीसीले बताउनुभयो ।

 

प्रतिक्रिया