सफलताको शिखरमा स्वर कि धनी सरु

सफलताको शिखरमा स्वर कि धनी सरु

सहबान अन्सारी

नवलपरासी, काभ्रेपलान्चोकको कटुन्जे वडा नं.४ मा जन्मिएकी मध्यम वर्गीय परिवार कि काईली छोरी सरु गौतम अहिले सफलताको शिखर चुम्न सफल भएकी छिन
उनले आफ्नो बाल्यकाल धेरै जसो कटुन्जेमा बिताउदै संगित प्रति सानै देखी रुची राख्दै कटुन्जे स्थित श्री रोशी माध्यमिक बिध्यालय बाट कक्षा १ देखी कक्षा १० सम्मको शिक्षा हासील गरेकि थिईन । कन्या क्यापस काठमाण्डौ बाट ब्याचलर तहको उच्च शिक्षा हासील गरिन । त्यस पश्चात बिगत ८ बर्ष देखी साङ्गितिक क्षेत्रमा निरन्तर सन्घर्ष गर्दै आएकी छिन ।
सरुले आफ्नो जिन्दगीको यात्रामा धेरै सफलता हात पारेर यस क्षेत्रमा आफ्नो स्थान हासील गरेकी बताउछिन । एकदम नम्र स्वभाव, सुन्दरता कि धनी, कला कृतीले भरिएकी, स्वर कि धनि हुन भन्छन सरुका फ्यानहरु ।
अपार माया हाम्रो कहिले टुटदैन बोलको सुमधुर गित बाट साङ्गितिक यात्रा सुरुआत गरेकि सो गित बाट निकै प्रसंशा प्राप्त गरेपछि हाल सम्म उनले करिब ५ दर्जन गितहरु रेकर्ड गराऊन सफल भएकी उनी बताउछिन ।
आफ्नो सुमधुर आवाजले साईला मेरो साईला, तिम्रो र मेरो सम्बन्ध छुटयो लगायत गितहरु बाट निकै चर्चा पाएपछि सरुको आफ्नै शब्द रहेको के यो माया हो, को गित निकै चर्चा पाएपछि यो गित ओएस नेपाल म्युजिक अवार्ड २०७४ मा नोमिनेशनमा पर्न सफल भएको हो ।
ओएस नेपालको आयोजनामा आयोजित ओएस नेपाल म्युजिक अवार्ड यहि भाद्र ३ गते हुने भएकोले उक्त समारोहमा आधुनिक महिला गायीका मध्ये उत्कृष्ट पाँचमा पर्न सफल हुन भएकोले सरुले आम नेपाली दर्शक, श्रोता, सुभचिन्तक लगायतहरुको साथको अपेक्षा गरेकी हुन ।
ओएस नेपाल म्युजिक अवार्ड २०७४ नोमिनेशनमा आफुलाई जिताउनको लागी सबैलाई आग्रह समेत गरेकी हुन ।
सरु गौतमलाई भोट हाल्नको लागी मोबाईलको म्यासेज बक्समा गई ठुलो अक्षरमा CAPITAL LETTER मा OSNM 19A  टाईप गरी 33001 मा पठाउन सकिने छ ।

प्रतिक्रिया