नेपाल र भारतीय सुरक्षा कर्मीको संयुक्त गस्ती सुरु

          |   प्रकाशित मितिः बिहिबार, भदौ ८, २०७४     ::: 244 पटक पढिएको   |  

सहबान अन्सारी

नवलपरासीमा सिमा सुरक्षाको लागी नेपाल र भारतीय सुरक्षा कर्मीको संयुक्त गस्ती सुरु गरिएको छ! शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनी र शसस्त्र सिमा बल एस.एस.बी.झुलनीपुरले संयुक्त गस्ती गरेका हुन । शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीका शसस्त्र प्रहरी निरिक्षक तेज बहादुर बुढाथोकी नेतृवमा रहेको गस्ती टोली र शसस्त्र सिमा बल एस.एस.बी झुलनीपुरको शसस्त्र प्रहरी निरिक्षक अंकित अग्रवाल को नेतृवमा रहेको संयुक्त गस्ती टोलीले सिमा स्तम्भ संख्या ५०० देखी स्तम्भ संख्या ४९८ सम्म संयुक्त गस्ती गरिएको शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीले जनाएको छ ।  गस्तीको क्रममा सिमाको किनारमा बस्दै आएका बासीन्दाहरुलाई सुरक्षाको दृष्टिकोणले समस्या बारे छलफल समेत गरिएको थियो! संयुक्त गस्ती टोलीमा नेपाल सशस्त्र प्रहरी बाट ९ जना,सशस्त्र सिमा बल एस.एस.बी.बाट ८जना र नेपाल प्रहरीबाट ५ जना सुरक्षा कर्मीको संयुक्त सहभागीता रहेको थियो ।



Leave a comment

Your email address will not be published.


*