दैलेखमा अविरल वर्षा, ६ घर भत्किए एक महिलाको ज्यान गयो

दैलेखमा अविरल वर्षा, ६ घर भत्किए एक महिलाको ज्यान गयो

दैलेख, भदौ ९ – अविरल वर्षाका कारण गए राति घर भत्किंदा दैलेख सदरमुकाममा एक महिलाको ज्यान गएको छ । त्रिभुवन माविको मूलगेट अगाडि गोपालसिंह थापाको घर भत्किंदा उनको घरमा डेरा गरेकी नारायण नगरपालिका–११ विन्ध्यवासिनीकी ४६ वर्षीया दीपा चन्दको ज्यान गएको प्रहरीले जनाएका छ ।

अविरल वर्षाको कारण भत्किदै गरेको रेशम थापाको घर
हिजो साँझ भत्किएको गोपालसिंह थापाको घर
अविरल वर्षाकोकारण घर भत्किन लाग्दा पसलको समान सार्न सहयोग गर्दैै स्थानीय

मध्यरातिको समयमा घर भत्किएसंगै महिलाहरु चिच्याएको आवाज सुनेपछि छिमेकी र प्रहरीले ३५ वर्षीया बिन्दू शाही र १२ वर्षकी मीना शाहीलाई घाइते अवस्थामा उद्धार गरी दैलेख जिल्ला अस्पताल पु¥याएका थिए । प्राथमिक उपचारपछि घाइतेहरुलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको डा. शोभित थापाले जानकारी दिनुभयो ।
छोरी मीनाको भाँचिएको हातको उपचार गर्न हिजो मात्र सदरमुकाम आएकी बिन्दूले राति १ बजेतिर तल्लोतलामा च्यारच्यार आवाज सुनेपछि केहीले तर्साएको हो कि भनेर सोधेकी तर दिदी दीपाले होइन होला भनी कुरा गर्दागर्दै एक्कासी घर भत्किएको थियो ।
बिन्दूको ढाडमा चोट लागेको छ भने मीनाको दाहिने खुट्टा भाँचिएको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले बताएका छन् । तर उनीहरुको ज्यान खतरामुक्त रहेको बताइएको छ ।
दैलेख वजारमा आज ६ वटा घर भत्किएका छन् । भत्किएको घरसंगै जोडिएका पुराना अरु ३ वटा घरहरु पनि जोखिममा छन् । बढी जोखिममा परेको रेशम थापाको घरमा भाँडा पसल गरेका कृष्ण अधिकारीको पसलबाट स्थानीयको सहयोगमा सामान झिक्दै गर्दा आज विहानमा मात्र घर भत्किएको छ ।

 

 

प्रतिक्रिया